Titanhub Capital Management LLC

Titanhub Capital Management LLC Registered Investment Advisory Firm located in New York, USA. We provide investment advice, portfoli Titanhub provides investment advisory services.

01/01/2026

Wish you all Happy New Year 2026.

12/31/2022
अमेरिकामा पहिलो पटक स्थापित हुन लागेको नेपालीहरुको आफ्नै म्युचुअल फण्ड "नेपाली इन्नोभेशन इक्वुटी फण्ड (Nepali Innovation...
10/30/2022

अमेरिकामा पहिलो पटक स्थापित हुन लागेको नेपालीहरुको आफ्नै म्युचुअल फण्ड "नेपाली इन्नोभेशन इक्वुटी फण्ड (Nepali Innovation Equity Fund)" को संस्थापकको रुपमा सहभागी हुन इच्छुक अमेरिकामा रहनुभएका नेपाली साथीभाईहरुमा हामीलाई सम्पर्क राख्नुहुन सादर अनुरोध गर्दछु । बृस्तीत जानकारीका लागि हाम्रो वेभसाइट भ्रमण गर्नुहोलाः

Nepali Innovation Equity Fund (the “Fund”) is a series of Titanhub Investment Trust, a Delaware statutory trust. The Fund seeks capital appreciation through active investment both growth and value companies that have potential for significant price appreciation over short- and long-term. The Fun...

अमेरिकी शेयर बजारमा जनवरी लागेपछि भारी मात्रामा गिरावट आएको छ । यसको मूख्य कारण टेक्नोलोजी सेक्टरको शेएरमा अत्याधिक मात्...
01/22/2022

अमेरिकी शेयर बजारमा जनवरी लागेपछि भारी मात्रामा गिरावट आएको छ । यसको मूख्य कारण टेक्नोलोजी सेक्टरको शेएरमा अत्याधिक मात्रामा गिरावट आएको कारणले भएको पाइन्छ । यो हुनुमा अमेरिकी बजारभाउमा मूल्यबृद्धी गत ३९ बर्षकै धेरै (७ प्रतिशत) भएको र फेडेरल रिजर्भ बैंकले व्याजदर बढाउन लागेकोले भएको मार्केट बिश्लेषकहरुले बताएका छन् ।
, ,

01/01/2022

Wish you all Happy New Year 2022.

न्यू योर्क स्थित तपाईंको नेपाली भाषी व्यवशायीक इन्भेष्टमेन्ट एड्भाइजरसँग सल्लाह लिई अमेरिकाको शेयर बजारमा लगानी गर्नुहोस...
12/18/2021

न्यू योर्क स्थित तपाईंको नेपाली भाषी व्यवशायीक इन्भेष्टमेन्ट एड्भाइजरसँग सल्लाह लिई अमेरिकाको शेयर बजारमा लगानी गर्नुहोस् र मेहनत गरेर कमाएको लगानीलाई डुब्नबाट जोगाउनुहोस्। बृस्तीत जानकारीका लागि हाम्रो वेभसाइट हेर्नुहोस्ः https://www.titanhub.com/np/

रिटाएर्मेन्ट खाता (IRA) खोल्नुहोस् र २०२१ को आम्दानीमा Tax सेभिङ् गर्नुहोस्, अनि IRA खाताको पैसालाई लगानी गरी Tax फ्रि ब...
10/20/2021

रिटाएर्मेन्ट खाता (IRA) खोल्नुहोस् र २०२१ को आम्दानीमा Tax सेभिङ् गर्नुहोस्, अनि IRA खाताको पैसालाई लगानी गरी Tax फ्रि बृद्धी गर्नुहोस्। बृस्तीत विवरणका लागि तलको लिंकमा क्लिक गर्नुहोला ।

अमेरीकाको रिटाएर्मेन्ट खाता खोल्न, यसमा कसरी ट्याक्स फ्रि पैसा जम्मा गर्ने र स्टक मार्केटमा लगानी गर्ने बारेमा स...

नेपालीहरुको महान चाड बढादशैं र शुभ–बिजयादशमीको सबैलाई हार्दिक मंगलमय शुभकामना ।
10/13/2021

नेपालीहरुको महान चाड बढादशैं र शुभ–बिजयादशमीको सबैलाई हार्दिक मंगलमय शुभकामना ।

स्टक ट्रेडिङ् गर्दा ध्यान दिनुपर्ने केही महत्वपूर्ण कुराहरु१) स्टक किनेपछि स्टप लस (Stop Loss) राख्न नभुल्नु होला । कति ...
10/02/2021

स्टक ट्रेडिङ् गर्दा ध्यान दिनुपर्ने केही महत्वपूर्ण कुराहरु
१) स्टक किनेपछि स्टप लस (Stop Loss) राख्न नभुल्नु होला । कति सम्म बढे बेच्ने र कति सम्म घाटा भयो भने पनि बेच्ने भन्ने कुरा प्रारम्भमा नै सोचेर स्टक ट्रेड गर्नु ठिक हुन्छ । भाउ घटेको बेलामा किन बेच्नु, पछि बढ्छ र बेचौंला भन्ने आशामा बस्नु उचित हुन्न । यसले झन ठूलो घाटा हुन सक्छ र सम्पूर्ण लगानी नै डुब्न सक्छ ।

२) घट्दै गरेको स्टकमा लगानी गर्न धेरै नै जोखिमपूर्ण हुन्छ । यदी कुनैपनि कम्पनीको शेयर घट्दै छ भने त्यसलाई किनि हाल्नु बुद्धिमानी मानिन्न । जब पुरा घटेर बढ्ने दिशातिर जान्छ अनिमात्र किन्नु उचित हुन्छ ।

३) यदी शेयर भाउ बढ्दैछ भने धैर्य गरेर अझै बढ्न दिनु ठिक हुन्छ किनकी बढ्न लागेको शेयर भाउ केही समय सम्म अझै बढ्न सक्छ । तर यदी शेयर भाउ घट्दै छ भने बेच्नको लागि धैर्य गर्नु उचित हुन्न । तत्कालै बेचेर धेरै घाटा हुन बाट जोगिनु नै उचित हुन्छ। पछि बढ्ने दिशातिर गएपछि पुनः किन्दा पनि हुन्छ ।

४) स्कट चार्ट प्याटर्नहरु (Stock Chart Patterns) अध्ययन गर्नु उचित हुन्छ । जस्तै हेड एण्ड सोल्जर प्याटर्न, डबल टप प्यार्न, डबल बटम् प्याटर्न, आदी जस्ता एक दिने वा महिना वा बर्षभरको स्टक चार्टमा देखिने प्याटर्नलाई पनि ध्यान दिनु जरुरी हुन्छ । यस प्रकारको प्याटर्नले स्टकको भाउ कता जाँदैछ भन्ने संकेत गर्दछ ।

५) लगानीलाई डाइभर्सिफिकेशन गर्दा जोखिम कम हुन्छ । एउटै मात्र कम्पनीको शेयरमा सबै पैसा लगानी गर्नु भन्दा छुट्टा छुट्टै राम्रा कम्पनीहरुको शेयरमा लगानीलाई डाइभर्सिफिकेशन गरेर लगानी गर्नु उछित हुन्छ ।

(नोटः कृपया यहाँ उल्लेखित विवरण सामान्य जानकारीका लागि मात्र हो र यसलाई हाम्रो कम्पनीको व्यवशायिक सल्लाहकोरुपमा नलिनुहोला । बृस्तीत जानकारीका लागि हाम्रो वेभसाइट https://www.titanhub.com/np/ हेर्नुहोला । )

आज अमेरिकाको स्टक मार्केट (Stock Market) भारी मात्रामा गिरावट भएको छ। Dow Jones इन्डेक्स ५६९ अंक (१.६३%), S&P 500 इन्डेक...
09/29/2021

आज अमेरिकाको स्टक मार्केट (Stock Market) भारी मात्रामा गिरावट भएको छ। Dow Jones इन्डेक्स ५६९ अंक (१.६३%), S&P 500 इन्डेक्स ९० अंक (२.०४%) र NASDAQ 100 इन्डेक्समा करिब ४३५ अंक (२.८६) ले गिरावट आएको हो । यसरी स्टक मार्केटमा आएको भारी मात्राको गिरावटका कारण अधिकांश ठूला एवं साना कम्पनीहरुको शेयर भाउमा नराम्रो असर परेको छ । यसरी गिरावट आउनुको मूल कारण १० बर्षे ट्रेजरी विल (Treasury Bill) को व्याजदरमा भारी मात्रामा बढ्नु र केही महिना देखि स्टक मार्केटमा भएको अप्रत्यासित बृद्धीका कारण त्यसको करेन्सन् (correction) भएको विभिन्न संचार माध्यमहरुले बताएका छन् ।

Address

3766 74th Street, 2nd Floor
Jackson Heights, NY
11372

Opening Hours

Monday 10am - 5pm
Tuesday 10am - 5pm
Wednesday 10am - 5pm
Thursday 10am - 5pm
Friday 10am - 5pm

Telephone

+18002015668

Alerts

Be the first to know and let us send you an email when Titanhub Capital Management LLC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share