B.Tiwari Accounting And Vatax Solution

B.Tiwari Accounting And Vatax Solution Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from B.Tiwari Accounting And Vatax Solution, Tax preparation service, Pokhara.

30/05/2025

डे०१ मा शुन्य कारोबारमा शून्य कर
(कारोवार नभएकोमा न्युनतम कर खारेज)

29/05/2025

बजेट,२०८२ मा कर सम्बन्धित नयाँ व्यवस्था तथा छुटहरु।

1. सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक।
2. उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा बजेट प्रस्तुत।
3. सूचना प्रविधि उद्योग र होटल–रिसोर्टलाई विशेष उद्योग सरह कर छुट।

4. सूचना प्रविधि सेवा निर्यातमा ७५% कर छुट।

5. विदेशमा सेवा बेच्ने व्यक्तिको आम्दानीमा ५% अन्तिम आयकर।

6. स्टार्टअपलाई ५ वर्षसम्म आयकर छुट (१० करोडसम्मको कारोबार)।

7. काठ सिजनिङ मेसिन आयातमा १% भन्सार मात्र, अन्य कर खारेज।

8. प्राङ्गारिक मल उत्पादनका मेसिनमा सबै कर छुट।

9. खेल पूर्वाधारका सामानमा १% भन्सार मात्र, अन्य कर छुट।

10. ग्रीन हाइड्रोजन उद्योगका मेसिनमा सम्पूर्ण कर छुट।

11. तिनलाई ५ वर्षसम्म आयकर छुट।

12. सौर्य–वायु ऊर्जाका ब्याट्रीमा १% भन्सार मात्र, अन्य कर छुट।

13. ईभी चार्जिङ मेसिन उद्योगलाई पनि यस्तै कर छुट।

14. डिजिटल भुक्तानी सेवामा लाग्ने VAT खारेज।

15. खाद्यान्न, गेडागुडी, फलफूलमा अग्रिम आयकर हटाइयो।

16. श्रवणयन्त्रमा VAT हटाइयो।

17. यात्रुले $5000 बराबरको विदेशी मुद्रा ल्याउन पाउने।

18. एम्बुलेन्सको १६ लाखको मूल्य सीमा हटाइयो।

19. विद्युतीय गाडीमा हालको कर संरचना यथावत्।

20. २० वर्षभन्दा पुराना गाडी हटाउँदा बाँकी आयकर छुट।

21. टनेल बोरिङ मेसिनमा १% भन्सार मात्र।

22. ढुवानी भाडामा खर्च कटौती गर्न पाइने।

23. कर विवरण नबुझाएकाले अब बुझाएमा जरिवाना छुट।

24. हवाई सेवाका कर बक्यौता बुझाएमा छुटको व्यवस्था।

25. आय विवरण नदिएकाले बक्यौता मिलाउन पाइने।

26. जाँड–रक्सी, सूर्ती, चुरोटमा भन्सार र अन्तःशुल्क बढाइयो।

27. स्वास्थ्य जोखिम करको दायरा विस्तार।

28/05/2025

भ्याट निलम्बन (VAT Suspension) सम्बन्धमा थप जानकारी।

➡️VAT Suspended भएको अवस्थामा के गर्न पाइँदैन❓️

🚫भ्याट बिल काट्न पाइँदैन।

🚫इनपुट कर क्रेडिट (खरिदमा भ्याट दाबि)लिन पाइँदैन।

🚫भ्याट सम्बन्धी कर सुविधाहरू (जस्तै: कर फिर्ता) लिन पाइँदैन।

🚫सार्वजनिक खरिदमा (e-bidding, tender) सहभागी हुन सकिँदैन

🚫 Suspended भएको करदातासङ्ग अरु करदाताले समेत खरिद/विक्री कारोबार गर्दैनन।

🚫 आयात/निर्यात कारोवार गर्न मिल्दैन।

⚠️व्यवसाय कानुनी रूपमा VAT मा दर्तावाला करदाता मानिदैन।

❓️त्यसो भए यो भ्याट निलम्बन कसरी हट्छ त❓️
♻️ यो अस्थायी प्रकृतिको भ्याट दर्ता खारेज हो। बाँकी भ्याट विवरण पेश गरेमा यो स्वत: हट्छ (फुकुवा हुन्छ)। र, नियमित कारोबार गर्न पाउनुहुन्छ। अनि सम्भावित जरिवानाबाट समेत जोगिन्छ।

26/05/2025

आन्तरिक राजस्व विभागको मिति २०८२/०२/०९ को निर्णय बमोजिम तोकिएको म्यादभित्र कर विवरण नबुझाएका करदाताहरुको करकट्टि रोक्का राखी मूल्य अभिवृद्धि कर दर्ता निलम्बन गरिएको छ ।

आन्तरिक राजस्व विभागको गृहपृष्ठमा रहेको स्थायी लेखा नम्बर खोजी गर्ने विकल्पमा PAN Search मा कुनै करदाताको स्थायी लेखा नम्बर Entry गरी हेर्दा निलम्बित करदाताको हकमा विभागको मिति २०८२/०२/०९ को निर्णय बमोजिम मूल्य अभिवृद्धि कर दर्ता निलम्बन गरिएको छ ( VAT Suspended as per IRD decision on 2082.02.09 ) भन्ने विवरण देखिनेछ ।

24/05/2025
14/04/2025

व्यापार अपार होस्, नाफा बढोस्, बैंक ब्याजदर घटोस |
नयाँ संकल्पहरु सिद्ध होस् , अवसरका नयाँ मार्गहरु भेटियोस् अनि हरेक मनोकांक्षा एवम् मनोकामना पूर्ण भइदियोस् । यो नयाँ साल यहाँहरु सबैको लागि शुभ वर्षको रुपमा रहोस् । यहाँहरु सबैमा सु-स्वास्थ्य, सुख एवम् समृद्धिको हार्दिक मङ्गलमय शुभकामना ।

स्टक मिलेको छैन ?, भ्याट मा समस्या छ ? राम्रो Accountant पाउनुभएको छैन ?अब सबै सुबिधा एकै ठाउँमा |ट्याक्स, भ्याट तथा लेख...
05/04/2025

स्टक मिलेको छैन ?, भ्याट मा समस्या छ ? राम्रो Accountant पाउनुभएको छैन ?
अब सबै सुबिधा एकै ठाउँमा |
ट्याक्स, भ्याट तथा लेखा सम्बन्धी सम्पूर्ण काम सुपथ मुल्य मा |

Address

Pokhara

Telephone

+9779856015695

Website

Alerts

Be the first to know and let us send you an email when B.Tiwari Accounting And Vatax Solution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to B.Tiwari Accounting And Vatax Solution:

Share