04/03/2025
Super Kinetic Nepal Pvt. Ltd. को वार्षिक भेला तथा पिकनिक कार्यक्रम Butwal branch र Bhairahawa branch को संयुक्त आयोजनामा बुटवल स्थित वनवाटिकामा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रमले सम्पूर्ण टिम सदस्यहरूबीच आत्मीयता बढाउनुका साथै नयाँ ऊर्जा र उत्साह प्रदान गर्यो।
यस अवसरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु, टीम-निर्माण गतिविधिहरू तथा स्वादिष्ट भोजनको मज्जा लिइयो। साथै, कम्पनीको प्रगति, भावी योजनाहरू र समग्र लक्ष्यबारे छलफल पनि गरियो।
कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबै साथीहरूलाई धन्यवाद! आगामी दिनहरूमा अझ उत्कृष्ट टीम भावना र उत्साहका साथ अघि बढ्ने आशा गरिन्छ।