17/12/2025
“धेरै कारोबार नगदमा हुन्छ, बैंकमा थोरै मात्र देखिन्छ।
बैंक स्टेटमेन्ट अनुसार मात्रै कारोबार देखाउँदा के फरक पर्ला र?”
यस्तो सोच धेरै करदाताको मनमा स्वाभाविक रूपमा आउँछ। तर यहाँ सावधानी आवश्यक हुन्छ।
नेपालको कर प्रणालीले अहिले cash vs banking pattern लाई पनि जिज्ञासा साथ हेर्दछ। कारोवार, देखाउने मुनाफा, व्यवसायीक/गैरव्यवसायिक खर्च Pattern पनि हेर्छ।
बैंकमार्फत नआएको आम्दानी(लेनदेन), व्यक्तिगत Esewa,Khalti wallet देखिएको पैसामा Audit को सामान्य जिज्ञासा हुनु स्वभाविक नै हो—यसको स्रोत(Income Source) के हो?
Sales देखिएको छ, तर stock movement मिलेन भने आय अनुमान (best judgment) को अवस्था अनुसार ठुलो कर निर्धारणको अवस्था आउन सक्छ।
कर्मचारीको TDS गरेकै छु भनेर गैरकर्मचारीका नाममा eTDS देखाउनु हुदैन। अहिले २५ हजार भन्दा माथी अनिवार्य Bank Payment गर्नुपर्ने कानुनी व्यवस्था पनि छ।
कारोवारको हिसाब किताब, बित्तीय विवरण, आय विवरण गणितीय अंकमा हिसाबले ठीक छ, तर आम्दानी र जीवनशैलीबीच ठूलो gap देखिएमा clarification मागिन सक्छ।अनुसन्धानको जोखिम हुन सक्छ।
Tax Office को उद्देश्य करदातालाई दोषी ठहर गर्नु होइन/हुनुहुदैन। Tax Office को उद्देश्य व्यवसायिक वातावरण स्वच्छ प्रतिस्पर्धी बनाउनु पनि हो।सबैलाई व्यवसायीक अनुशासनमा समानरुपमा उत्साहित बनाउनु पनि हो।
कर विवरणको consistency र पारदर्शिता सुनिश्चित गर्नु हो।
कर प्रणाली बुझेर र तत्कालीन फाईदा मात्र नहेरेर अगाडि बढ्दा जोखिम होइन, आत्मविश्वास बढ्छ।
अब आफैंलाई सोधौँ—
तपाईंको कारोबार कागजमा मात्र होइन,तपाईको खर्च/व्यवहार पनि मिल्दोजुल्दो छ❓️