Ramesh Acharya & Associates, Registered Auditors

Ramesh Acharya & Associates, Registered Auditors Accounting & Tax expert

आयकर ऐन, २०५८ अनुसार प्राकृतिक व्यक्तिको लागि लागु हुने करको दर (आय वर्ष २०८३/०८४ को लागि)
08/08/2026

आयकर ऐन, २०५८ अनुसार प्राकृतिक व्यक्तिको लागि लागु हुने करको दर
(आय वर्ष २०८३/०८४ को लागि)

21/07/2026

📢 सम्पूर्ण करदाता तथा व्यवसायीहरूमा जानकारी

मू.अ.कर ऐन, २०५२ सम्बन्धमा उल्लंघन तथा जरिवानाका निम्न बुँदाहरूमा विशेष ध्यान दिनुहुन अनुरोध छ ।

१. दर्ता प्रमाणपत्र नराखेमा - रु. १,०००/- (दफा २९(१)(ख))
२. कर पाटी नराखेमा — रु. २,०००/- (दफा २९(१)(ख१))
३. बिजक नदिएमा — रु. १०,०००/- (दफा २९(१)(ग))
४. लेखा/खाता अद्यावधिक (Update) नगरेमा (पान वा भ्याट दर्ता) — रु. १०,०००/- (दफा २९(१)(ङ))
५. कारोबारको लेखा परीक्षण गर्न नदिएमा — रु. २०,०००/- (दफा २९(१)(ङ))
६. खरिद–बिक्री खाता स्वयं प्रमाणित नगरेमा वा लेखा तोकिएको अवधि सम्म सुरक्षित नराखेमा — रु. १०,०००/- (दफा २९(१)(छ))
७. विद्युतीय बिजकमा न्यूनमूल्याङ्कन गरेमा वा तथ्याङ्क मेट्न वा सच्याउन सकिने सफ्टवेयर प्रयोग गरेमा — रु. ५,००,०००/- (दफा २९(१)(ख))
८. परीक्षण/जाँच कार्यमा बाधा–अवरोध गरेमा — रु. ५,०००/- (दफा २९(१)(झ))
९. न्यून बिजकीकरण गरेमा — प्रत्येक बिजकका लागि न्यूनतम रु. २,०००/- वा कर बिजकको १००% जरिवाना (दफा २९(१)(ञ))
१०. अन्य नियम–कानुन उल्लंघन गरेमा — रु. १,०००/- (दफा २९(१)(ट))

अन्य कसुरहरू:
झुटा लेखा, बिजक वा अन्य कागजात तयार गरेमा।
जालसाजी गरी कर छलेमा।
मू.अ.करमा दर्ता नभई मू.अ.कर संकलन गरेमा।
कारोबार निलम्बन भएको अवस्थामा कारोबार गरेमा।

सजाय:
कर बिजकको १००% जरिवाना वा ६ महिनासम्म कैद। (मू.अ.कर ऐन, २०५२ को दफा २९(२))

आयकर ऐन, २०५८ अनुसार:
आयकर ऐन तथा नियमको उल्लंघनमा दफा ११९(क)(४) बमोजिम रु. ५,०००/- देखि रु. २५,०००/- सम्म शुल्क लाग्न सक्ने व्यवस्था रहेको छ।

कृपया कानुनी व्यवस्था पालना गरी समयमै करसम्बन्धी दायित्व पूरा गर्नुहोला।

18/07/2026

आ.व. २०८३/८४ मा ध्यान दिनु पर्ने महत्वपूर्ण कुराहरू :–

१। ज्याला र तलब पाउने सबै कर्मचारीहरूको PAN नं. अनिवार्यत: हुनुपर्नें।

२। प्रति व्यक्ति मासिक रु. २५,०००।०० भन्दा बढीको पारिश्रमिक रकम बैंक मार्फत भुक्तानी गर्नुपर्नें।

३। मालसामान बिक्री गर्दा प्रत्येकको अनिवार्यत: VCTS गर्नुपर्नें।

४। भ्याट रजिस्टरहरू आफैले प्रमाणित गर्नुपर्नें।

५। अन्त: शुल्कमा दर्ता भएका करदाताहरूले अन्त: शुल्क रजिस्टरहरू आ.रा. कार्यालयबाट प्रमाणित गराउनुपर्नें।

६। बिलहरूमा HS Code को महत्त्व हुनुपर्नें र बिक्री बिजक १ नम्बरबाट शुरू गर्नें।

७। बिक्री, खरिद तथा अन्त: शुल्क खातामा दैनिक कारोबार अनुसार प्रविष्टि गर्नुपर्नें।

८। व्यवसायिक कारोबार वापत प्राप्त नगद, चेक, QR Code तथा अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न नपाइने।

९। बिल बुकहरू Prenumbered भएको प्रयोग गर्नुपर्नें। Numbering मा करेक्सन, दोहोरो, इत्यादि जस्ता issue हरू नहुनुपर्नें।

१०। वस्तुको कारोबारमा मू.अ. कर दर्ता प्रयोजनको लागि Threshold Limit रु ५० लाख हो तथा सेवा वा वस्तु र सेवा को मिश्रित कारोबारमा मू.अ. कर दर्ता प्रयोजनको लागि Threshold Limit रु ३० लाख।

११। दस करोडभन्दा बढी कारोबार गर्नेले विद्युतीय बिजक जारी गरी केन्द्रीय बिजक अनुगमन प्रणाली (CBMS) मा आबद्ध हुनुपर्नें।

१२। रु. २५,०००।०० रुपैयाँभन्दा बढीको नगद भुक्तानी गर्न नपाइने।

१३। शाखा वा गोदाम प्रमाणित नगरी कारोबार गर्दा हरेक पटक १० हजार जरिवाना लाग्ने व्यवस्था गरिएको छ।

१४। आफ्नो Taxpayer Login को KYT Update गर्नुपर्नें।

१५। स्थायी लेखा नम्बर उल्लेख नभएको २ हजार भन्दा बढीको बिजक बापतको खर्च कट्टी गर्न नपाइने।

१६। वस्तुहरूमा अधिकतम खुद्रा मूल्य (MRP) उल्लेख गर्नें।

१७। VAT तथा TDS विवरणहरू महिना सकेको २५ गते भित्र फाइल गर्नें।

आ.व. २०८३/८४ हामी सबैको लागि सफल रहोस् भन्ने शुभकामनाका साथ

रमेश आचार्य एण्ड एसोसिएट्स

 #बजेट
30/05/2026

#बजेट

Address

Tilingatar
Kathmandu
966/10KA

Website

Alerts

Be the first to know and let us send you an email when Ramesh Acharya & Associates, Registered Auditors posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ramesh Acharya & Associates, Registered Auditors:

Shortcuts

Share