Corporate Doctor Private Limited

Corporate Doctor Private Limited The Corporate Doctor Pvt. Ltd.

is a consulting firm that provides the services of bookkeeping, accounting assistance, tax planning & preparation, loan documentation, business start up consulting and other financial consultancy services.

13/05/2026
सूचना
04/04/2026

सूचना

09/01/2026
Notice of OCR
09/01/2026

Notice of OCR

करदातालाई सहज हुने भयो
16/09/2025

करदातालाई सहज हुने भयो

आय विवरण पेश गर्न बाँकी रहेका (Non Filer) कम्पनीहरूलाई कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि छुट र कर कार्यालयमा पनि छुट ! ...
27/01/2025

आय विवरण पेश गर्न बाँकी रहेका (Non Filer) कम्पनीहरूलाई कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि छुट र कर कार्यालयमा पनि छुट !

कर कार्यालयमा २०८१ फागुन मसान्त भित्र आय विवरण पेश गरी छुट सुविधाको उपभोग गर्न सक्नुहुन्छ भने कम्पनी रजिष्ट्रारको कार्यालयमा २०८२ असार मसान्त सम्म छुट सुविधा लिन सक्नु हुनेछ।

23/07/2024

भ्याट दर्ता र लेखाङ्कन सम्बन्धमा बजारमा देखिने भ्रमहरू र यथार्थ:
🤔 प्यानमा मात्र दर्ता भएको व्यक्तिले एकपटकमा १०००० भन्दा बढीको बिल काट्न मिल्दैन:
👮‍♂️यो सत्य होइन, जतिसुकै रकमको पनि बिल काट्न पाइन्छ, बस आफ्नो थ्रेसहोल्ड को ख्याल राख्नुहोला ।
🤔 व्यक्तिगत नाममा १० हजारभन्दा बढीको भ्याट बिल जारी गर्न मिल्दैन:
👮‍♂️ व्यक्तिगत प्रयोजनका लागि कसैले वस्तु वा सेवा खरिद गर्दछ भने जतिसुकै रकमको पनि व्यक्तिगत नाममा विल जारी गर्न सकिन्छ ।
🤔 कारोबार ५० लाख नाघेमा भ्याटमा दर्ता भइहाल्नुपर्छ:
🛒यदि कर योग्य कारोबार थ्रेसहोल्डको सीमा भित्रै छ र कर छुटको कारोबार जोड्दा थ्रेसहोल्ड भन्दा बढी हुन्छ भने भ्याटमा दर्ता हुनु पर्दैन । जस्तै: हजुरको विगत १२ महिनाको जम्मा कारोबार ६० लाख भयो जसमा ४० लाख चाउचाउ, बिस्कुट लगायत करयोग्य सामानको र २० लाख कारोबार चामल, दाल, नुन लगायतका अन्य कर छुटका सामान को भयो भने यस्तो अवस्थामा हजुरले भ्याटमा दर्ता हुनु पर्दैन ।
🤔 करयोग्य खरिद ५० लाख भन्दा बढी भएमा ५० लाख भन्दा कम बिक्री देखाएर बढी भएको सामानलाई स्टकमा देखाएमा भ्याटमा दर्ता हुनु पर्दैन:
👮 कारोबार दर्ता गर्ने प्रयोजनका लागि थ्रेसहोल्ड रकम भन्नाले खरिद वा बिक्रीमध्ये जुन बढी छ सो रकमलाई जनाउँदछ। त्यसैले विगत १२ महिनामा करयोग्य खरिद वा बिक्री जुनसुकै बढी भएपनि भ्याटमा दर्ता हुनुपर्दछ ।
🤔भ्याटमा दर्ता भएको व्यवसायीले प्यानमा मात्र दर्ता भएको व्यवसायबाट सामान खरिद गर्न मिल्दैन ?
👮‍♂️ कर छुटका वस्तु वा सेवा जोसुकैसँग खरिद गरेपनि समस्या भएन, तर करयोग्य वस्तु तथा सेवा सकेसम्म भ्याटमा दर्ता भएका व्यवसायसँग मात्र खरिद गर्नुहोस्। करयोग्य वस्तु तथा सेवा प्यानमा मात्र दर्ता भएका व्यवसायसँग खरिद गर्नै नपाउने भन्ने चाहिँ होइन। यस्तो खरिदलाई कर छुटको खरिद मानी खरिद खातामा चढाउनुपर्दछ, बिक्री गर्दा चाहिँ भ्याट असुल गर्नुपर्दछ ।
✍️नोट: थ्रेसहोल्ड रकम भन्नाले विगत १२ महिनामा करयोग्य वस्तु र ढुवानी व्यवसाय का हकमा ५० लाख र करयोग्य सेवा र करयोग्य वस्तु तथा सेवा मिश्रित व्यवसायका हकमा ३० लाख कारोबार सम्झनुपर्छ ।

Address

Putalisadak (Near To Kumari Bank And NMB Bank)
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Corporate Doctor Private Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Corporate Doctor Private Limited:

Share