23/07/2026
बिल लिनुहोस्, उपहार जित्नुहोस्
नेपाल सरकारको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत, व्यक्तिगत प्रयोजनका लागि रु. 100 भन्दा बढीको खरिद गरी PAN बिल (बीजक) लिनुभयो भने आकर्षक नगद उपहार जित्ने अवसर प्राप्त गर्न सक्नुहुन्छ।
सहभागी कसरी हुने?
• रु. 100 भन्दा बढीको व्यक्तिगत प्रयोजनका लागि खरिद गर्नुहोस्।
• खरिद गर्दा अनिवार्य रूपमा PAN बिल (बीजक) लिनुहोस्।
• QR, कार्ड वा अन्य विद्युतीय माध्यमबाट भुक्तानी गर्नुभयो भने तपाईंको सहभागिता स्वतः दर्ता हुन्छ।
• नगद भुक्तानी गर्नुभयो भने, बिलको विवरण आन्तरिक राजस्व विभाग (IRD) को प्रणालीमा आफैं दर्ता गर्नुपर्छ।
उपहार रकम?
- Daily Prize: रु. 1,33,334
- Half monthly Prize: रु. 10,00,000
Draw हुने मिति?
- हरेक नेपाली महिनाको 1 गते र 16 गते
कार्यक्रममा समावेश नहुने खरिदहरू?
• व्यावसायिक प्रयोजनका लागि गरिएका खरिद
• सरकारी निकायका खरिद
• बिजुली, टेलिफोन तथा इन्टरनेटका बिल
• यातायात सेवा तथा हवाई टिकट
विजेता कहाँ हेर्ने?
- उपहार विजेताको नाम आन्तरिक राजस्व विभाग (IRD) को आधिकारिक वेबसाइट ird.gov.np तथा विभागका आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिन्छ।
उपहार कसरी प्राप्त गर्ने?
- विजेता घोषणा भएपछि विजेता घोषणा भएको मितिले 15 दिनभित्र आवश्यक विवरण तथा प्रमाणसहित आन्तरिक राजस्व विभाग मा सम्पर्क गरी तोकिएको प्रक्रिया पूरा गर्नुपर्छ।
PAN बिलको महत्व?
हरेक खरिदमा PAN बिल माग्ने बानी बसालौं। यसले कर प्रणालीलाई पारदर्शी बनाउन सहयोग गर्छ र तपाईंलाई नगद उपहार जित्ने अवसर पनि प्रदान गर्छ।
थप जानकारी: ird.gov.np
#करदाता_प्रोत्साहन #बिलमागौं ेतना