Kishan Kalyan SACCOS, Itahari

Kishan Kalyan SACCOS, Itahari समुदायमा आधारित सर्बोत्कृष्ट वित्तीय सहकारी संस्था

आज जुन ५ विश्व वातावरण दिवस २०२६ का अवसरमा किसान कल्याण साकोस  युवा क्लबको आयोजनामा बिहान ६:३० बजेदेखि इटहरी चोक आइतवारे...
05/06/2026

आज जुन ५ विश्व वातावरण दिवस २०२६ का अवसरमा किसान कल्याण साकोस युवा क्लबको आयोजनामा बिहान ६:३० बजेदेखि इटहरी चोक आइतवारे देखि शुरू भै इटहरी चोकमा स्वच्छ वातावरण का लागि सचेतना अभियान तथा वातावरण मैत्री स्टिकर विवतरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमा वातावरण सरसफाई सम्बन्धी जनचेतना फैलाउँदै करिव ५०० वटा स्थानमा वातावरण मैत्री जनचेतनामूलक स्टिकर टाँस गरिएको छ ।🌱🌍

कार्यक्रममार्फत वातावरण संरक्षण, सरसफाइ, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका प्रभावबारे सहभागीहरूलाई सचेतना प्रदान गरिएको थियो। स्थानीय समुदाय, सदस्यहरू, युवाक्लब तथा सरोकारवाला निकायहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको छ। 💚

स्वच्छ वातावरण र हरित भविष्य निर्माणका लागि सबैको साझा प्रतिबद्धता आवश्यक छ। आजको सहभागिता र सहयोगका लागि सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं। 🙏🌳

"हामी सबै मिलेर वातावरण जोगाऔं, भावी पुस्ताका लागि हरित भविष्य निर्माण गरौं।" ♻️🌿

🌱🌍💚

04/06/2026

विश्व वातावरण दिवसको अवसरमा किसान कल्याण साकोस युवा क्लबको आयोजनामा स्वच्छ वातावरण सम्बन्धी सचेतनामूकल कार्यक्रम भोलि जेठ २२ गते बिहान ठिक ६:३० बजेदेखि इटहरी चोकमा राखिएको हुँदा सबै वातावरण प्रेमी महानुभावहरूलाई कार्यक्रममा जोडिनु हुन अनुरोध छ ।

किसान कल्याण साकोस युवा क्लबसंग छलफल तथा  अन्तरक्रिया कार्यक्रम ।
04/06/2026

किसान कल्याण साकोस युवा क्लबसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम ।

फिल्ड सहायक कर्मचारी बैठक
04/06/2026

फिल्ड सहायक कर्मचारी बैठक

यस संस्थाका आदरणीय उपाध्यक्ष श्री नरेन्द्रकुमार श्रेष्ठज्यू लाई जन्मदिनको सुखद अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त ग...
01/06/2026

यस संस्थाका आदरणीय उपाध्यक्ष श्री नरेन्द्रकुमार श्रेष्ठज्यू लाई जन्मदिनको सुखद अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।

तपाईंको जीवन सदा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि तथा सफलताले भरिपूर्ण रहोस्। तपाईंको नेतृत्व, समर्पण र योगदानले संस्था तथा समाजको निरन्तर उन्नति र प्रगतिमा थप प्रेरणा प्रदान गरोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।

जन्मदिनको धेरै धेरै शुभकामना!

— किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लि. परिवार 🌹🎂🎉

🌿 टोल भेला कार्यक्रम सफलतापूर्वक सम्पन्न 🌿🙏 आज मिति २०८३ साल जेठ १४ गते इटहरी सेवा केन्द्र अन्तर्गत इटहरी उपमहानगरपालिका...
28/05/2026

🌿 टोल भेला कार्यक्रम सफलतापूर्वक सम्पन्न 🌿
🙏 आज मिति २०८३ साल जेठ १४ गते इटहरी सेवा केन्द्र अन्तर्गत इटहरी उपमहानगरपालिका वडा नं. ०२, हरियाली टोलमा सेवा केन्द्र संयोजक श्रीमती अनिता चापागाईंज्यूको अध्यक्षतामा ३० जनाको उपस्थितिमा टोल भेला कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो।
कार्यक्रममा ७ जना नयाँ सदस्य संस्थामा आबद्ध हुनु भएको छ, जसमा १ जना MOD सदस्य तथा २ जना बाल बचतकर्ता समेत सहभागी हुनु भएको छ। 🎉
उक्त कार्यक्रममा सेवा केन्द्र उपसमिति सदस्य श्री राजेश कुमार पौडेल, ऋण अधिकृत श्री रमेश खतिवडा, सेवा केन्द्र प्रमुख श्रीमती राधिका गौतम, कर्मचारी श्री दिवश कार्की तथा श्री धन कुमार दर्जीको विशेष उपस्थिति रहेको थियो।
नव प्रवेशी सम्पूर्ण सदस्यज्यूहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। 💐
“सहकारी बचतमा हाम्रो किसान : समृद्ध समाज एउटै अभियान” 🌱
— किसान कल्याण साकोस परिवार 🙏

बकर ईदको हार्दिक शुभकामना ।
28/05/2026

बकर ईदको हार्दिक शुभकामना ।

🙏 मिति २०८१/०२/१२ गते, चतरा सेवा केन्द्रको आयोजनामा सेवा केन्द्रको हलमा ५१ जना शेयर सदस्यहरूको उपस्थितिमा गाउँ/टोल उपक्ष...
26/05/2026

🙏 मिति २०८१/०२/१२ गते, चतरा सेवा केन्द्रको आयोजनामा सेवा केन्द्रको हलमा ५१ जना शेयर सदस्यहरूको उपस्थितिमा गाउँ/टोल उपक्षेत्रीय भेला तथा सदस्य विस्तारित मञ्च कार्यक्रम संस्थाका सचिव श्री महेश कुमार रेग्मीज्यूको अध्यक्षता र सेवाकेन्द्र प्रमुख श्री राजेन्द्र राउतज्यू साथै व्यवसाय विभाग सहायक श्री गुणराज धमला ज्यूको सहजिकरणमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। 🇳🇵

कार्यक्रममा सहभागी सदस्यज्यूहरूको सक्रिय सहभागिता तथा सहकार्यले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको थियो। कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरू, सहभागी सदस्यज्यूहरू तथा सम्बन्धित सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं। 🙏🌺🍃

“सहकारी बचतमा हाम्रो किसान : समृद्ध समाज एउटै अभियान” 🌱
#सदस्य_विस्तारित_मञ्च #गाउँटोल_उपक्षेत्रीय_भेला

🌾गाउँ/टोल उपक्षेत्रीय भेला तथा सदस्य विस्तार भेला सफलतापूर्वक सम्पन्न🌾 🙏 मिति २०८३ जेठ ०७ गते, इनरुवा–६ मधेसा, सुनसरी (स...
22/05/2026

🌾गाउँ/टोल उपक्षेत्रीय भेला तथा सदस्य विस्तार भेला सफलतापूर्वक सम्पन्न🌾

🙏 मिति २०८३ जेठ ०७ गते, इनरुवा–६ मधेसा, सुनसरी (साविक वडा नं. २) मा किसान कल्याण SACCOS, इटहरी अन्तर्गत रामधुनी सेवा केन्द्र को आयोजनामा गाउँ/टोल उपक्षेत्रीय भेला तथा सदस्य विस्तार भेला सफलतापूर्वक सम्पन्न भएको छ। 🇳🇵

कार्यक्रममा सहभागी ६१ जना शेयर सदस्यहरू लाई रामधुनी सेवा केन्द्रका प्रमुख श्री वीरेन्द्र कुमार चौधरीज्यू द्वारा सहकारी शिक्षा तथा प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरू, सहभागी सदस्यज्यूहरू तथा स्थानीयवासीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं। 🙏🌺🍃

“सहकारी बचतमा हाम्रो किसान : समृद्ध समाज एउटै अभियान” 🌱

#सहकारी

Address

Balgram Chowk
Itahari

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 15:30
Saturday 10:00 - 12:00
Sunday 10:00 - 16:00

Telephone

+97725587160

Alerts

Be the first to know and let us send you an email when Kishan Kalyan SACCOS, Itahari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kishan Kalyan SACCOS, Itahari:

Share