Mahila SACCOS Itahari

Mahila SACCOS Itahari समृद्धिको सारथि, महिला साकोस!

खनार सेवाकेन्द्र, इटहरी १२, खनारद्वारा आज (२०८३ साल बैशाख २६ गते, शनिबार) इटहरी १३, खेरा टोलमा आयोजित सदस्य शिक्षा, अन्त...
09/05/2026

खनार सेवाकेन्द्र, इटहरी १२, खनारद्वारा आज (२०८३ साल बैशाख २६ गते, शनिबार) इटहरी १३, खेरा टोलमा आयोजित सदस्य शिक्षा, अन्तरक्रिया तथा सदस्य विस्तारित मञ्च कार्यक्रम ।

इटहरी १२, खनार, सुनसरी निवासी यस संस्थाकी शेयर सदस्य श्री उर्मिला देवी मन्डलको छोरा भिम मन्डलको इटहरी १२, खनार निवासी जम...
08/05/2026

इटहरी १२, खनार, सुनसरी निवासी यस संस्थाकी शेयर सदस्य श्री उर्मिला देवी मन्डलको छोरा भिम मन्डलको इटहरी १२, खनार निवासी जमुना कुमारीका साथ बिबाह सम्पन्न भएकोले नव दम्पतीलाई सफल बैबाहिक जीवनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ । साथै नवदुलहीलाई संस्थामा हार्दिक स्वागत गर्दछौँ । 🙏

२५ बैशाख २०८३, शुक्रबार ।जनसेवा साकोस, तिनपाटन - ११, चकचके, सिन्धुलीबाट सहकारी अवलोकन भ्रमणका क्रममा महिला साकोस, इटहरीम...
08/05/2026

२५ बैशाख २०८३, शुक्रबार ।

जनसेवा साकोस, तिनपाटन - ११, चकचके, सिन्धुलीबाट सहकारी अवलोकन भ्रमणका क्रममा महिला साकोस, इटहरीमा पाल्नु हुने ३२ सदस्यिय टोलीलाई संस्थामा स्वागत गर्दै सिकाई आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो ।

टोलीको अवलोकन भ्रमण सुखद एवम् उपलब्धिमूलक होस भनी महिला साकोस परिवार सुभेच्छा प्रकट गर्दछौं ।🙏

इटहरी १०, हरियाली टोल, सुनसरी निवासी यस संस्थाकी शेयर सदस्य श्री सीताकुमारी चौधरीको छोरा सुमन चौधरीको इटहरी १३, सोमबारे ...
07/05/2026

इटहरी १०, हरियाली टोल, सुनसरी निवासी यस संस्थाकी शेयर सदस्य श्री सीताकुमारी चौधरीको छोरा सुमन चौधरीको इटहरी १३, सोमबारे निवासी रागनी चौधरीका साथ बिबाह सम्पन्न भएकोले नव दम्पतीलाई सफल बैबाहिक जीवनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ । साथै नवदुलहीलाई संस्थामा हार्दिक स्वागत गर्दछौँ । 🙏

मृतकको आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।
07/05/2026

मृतकको आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।

२३ बैशाख २०८३, बुधबारमहिला साकोसको आयोजना तथा इसेवाको प्राविधिक सहयोगमा आज मिति २०८३ साल बैशाख २३ गते वुधबारका दिन सम्पन...
06/05/2026

२३ बैशाख २०८३, बुधबार

महिला साकोसको आयोजना तथा इसेवाको प्राविधिक सहयोगमा आज मिति २०८३ साल बैशाख २३ गते वुधबारका दिन सम्पन्न डिजिटल तथा वित्तीय साक्षरता कार्यक्रम...

कार्यक्रममा उपस्थित सदस्यहरुलाई डिजिटल कारोवार, तिनका सहजता तथा समस्या, अवसर तथा चुनौती, साथै वित्तीय कारोवार सम्बन्धमा जानकारी गराइएको थियो ।

आगामी दिनमा पनि उत्कृष्ट कारोवारको अपेक्षा सहित हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ! 🙏
04/05/2026

आगामी दिनमा पनि उत्कृष्ट कारोवारको अपेक्षा सहित हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ! 🙏

२१ बैशाख २०८३, सोमबार |महिला साकोसको इटहरी २०, तरहरा स्थित तरहरा सेवाकेन्द्रद्वारा आज मिति २०८३ साल बैशाख २१ गते सोमबारक...
04/05/2026

२१ बैशाख २०८३, सोमबार |

महिला साकोसको इटहरी २०, तरहरा स्थित तरहरा सेवाकेन्द्रद्वारा आज मिति २०८३ साल बैशाख २१ गते सोमबारका दिन नयाँ वर्ष २०८३ सालको शुभकामना आदानप्रदान गर्दै वर्ष २०८३ को क्यालेन्डर वितरण सहित सदस्य भेट तथा घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ ।

सदस्यको निमन्त्रणामा सदस्यकै घरदैलोमा पुगि कार्यक्रम गर्दै गर्दा अन्य व्यक्तीहरुले समेत साकोसप्रति विश्वास व्यक्त गर्दै सदस्यता समेत लिनु भएको छ ।

२१ बैशाख २०८३, सोमबार |महिला साकोसको इटहरी १७, पकली स्थित पकली सेवाकेन्द्रद्वारा आज मिति २०८३ साल बैशाख २१ गते सोमबारका ...
04/05/2026

२१ बैशाख २०८३, सोमबार |

महिला साकोसको इटहरी १७, पकली स्थित पकली सेवाकेन्द्रद्वारा आज मिति २०८३ साल बैशाख २१ गते सोमबारका दिन सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सिप विकास तालिम कार्यक्रम अन्तर्गत एक दिवसिय धुप बनाउने तालिम सम्पन्न गरिएको छ ।

संस्थाकी अध्यक्ष श्री मुना प्रसाईं तिमसिनाज्यूको अध्यक्षता र प्रमुख प्रशिक्षण तथा संचालक सदस्य तथा पकली सेवाकेन्द्र व्यवस्थापन उप–समिति संयोजक श्री शुभकुमारी राईज्यूको संयोजकत्व र संचालक सदस्य तथा शिक्षा तथा तालिम उप–समिति संयोजक श्री रुद्रमाया भट्टराईज्यूको सह-प्रशिक्षणमा सेवाकेन्द्रको प्राङ्गणमा जम्ममा ३९ जना सदस्यज्यूहरुको सहभागितामा सम्पन्न भएको हो । तालिमले सहभागी सदस्यहरूलाई स्वरोजगार, आयआर्जन तथा आफ्नो घरायसी प्रयोजनका लागि आवश्यक व्यावहारिक ज्ञान र सीप प्रदान गरेको छ ।

संस्थाले आगामी दिनहरूमा पनि सदस्यहरूको आर्थिक, सामाजिक, सांस्कृतिक तथा मनोवैज्ञानिक सशक्तीकरणका लागि यस्ता रचनात्मक, सिपमूलक तथा उत्पादनमूलक तालिम कार्यक्रमहरू निरन्तर सञ्चालन गर्नेछ ।

Address

Itahari

Opening Hours

Monday 10:00 - 15:00
Tuesday 10:00 - 15:00
Wednesday 10:00 - 15:00
Thursday 10:00 - 15:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 15:00

Telephone

+97725581217

Alerts

Be the first to know and let us send you an email when Mahila SACCOS Itahari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mahila SACCOS Itahari:

Share