Infinite Tax and Financial Solution Pvt Ltd

Infinite Tax and Financial Solution Pvt Ltd Complete solution of Taxation, Finance and Accounting

09/08/2024
26/07/2024

नेपाल राष्ट्र बैंक ले बर्ष २०८१-८२ को मौद्रिक निति जारी गरेको छ। मुख्य परिमार्जित ब्यबस्था र असरहरु निम्नानुसार छन।

१. ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत र नीतिगत दर ५.५ प्रतिशतबाट ५.० प्रतिशत कायम गरिएको छ । ब्याजदर कोरिडरको तल्लो सीमाको रुपमा रहेको ३.० प्रतिशतको निक्षेप संकलन दरलाई यथावत राखिएको।
असर: बजारमा रहेको अधिक तरलता अनुसार समायोजन गरिएको, खासै असर नपर्ने।

२. निर्माण व्वयसायमा आएको शिथिलतालाई दृष्टिगत गरी सो क्षेत्रको पुनःस्थापनाको लागि देहायबमोजिमको व्यवस्था गरिने:
(क) निर्माण व्यवसायहरूलाई प्रवाह भएको कर्जाको साँवाब्याज तिर्ने अवधि २०८१ मंसिर मसान्तसम्म थप गर्ने ।
(ख) निर्माण व्यवसायहरूलाई कर्जा सूचनासम्बन्धी अर्को व्यवस्था नभएसम्मको लागि चेक अनादर भएको आधारमा मात्र कालोसूचीमा समावेश नगर्ने ।
(ग) निर्माण व्यवसायको लागि लिइने बैंकिङ सुविधा तथा कर्जाहरूमध्ये वासलात बाहिरको
सुविधा उपयोग गर्दा क्रेडिट रेटिङ्ग गर्नुपर्ने व्यवस्थाको सीमा सम्बन्धमा छुट्टै व्यवस्था गर्ने ।
(घ) निर्माण व्यवसायीहरूको जमानतहरू दावी भई सृजना भएको कर्जामा आर्थिक वर्ष २०८१/८२ का लागि ऋण सृजना भएको मितिबाट अन्य कर्जा सरह कर्जा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था कायम गर्ने ।
(ङ) जोइन्ट भेन्चर (जेभी) मा संलग्न कुनै पनि जेभी पार्टनर कालोसूचीमा परेको कारण अन्य जेभी पार्टनरको बैंकिङ काम कारवाहीमा असर नपर्ने व्यवस्था मिलाइने ।
(च) नेपाल सरकारबाट निर्माण कार्यको म्याद नवीकरण भएमा बैंक तथा वित्तीय संस्थाबाटप्रदान भएको जमानत समेत नवीकरण हुनसक्ने व्यवस्था मिलाइने
असर: सरकारले निर्माण व्यवसायीलाई भुक्तान गर्नुपर्ने रकम भुक्तान नभई व्यवसायी कालोसूचीमा पर्ने , कर्जा नविकरण नहूने, कर्जाहरु निष्कृय कर्जामा परिणत हुने समस्यालाई केहि समयका लागी पर सारिएको कारण व्यवसायीलाई लाई राहत हुने र बैंक हरुलाई कर्जा व्यवस्थापनमा सहजता हुने। बैंकहरुको मुनाफामा बृद्दि हुने।

३.पुँजीकोषका उपकरणहरू तथा नयाँ उपकरण प्रयोगलाई प्रोत्साहन गर्ने ।
असर: बैंक तथा बित्तीय संस्थालाई पुजीकोष व्यबस्थापन मा रणनैतिक निर्णय लिन सहज हुने।

४.असल कर्जामा गर्नुपर्ने विद्यमान १.२० प्रतिशत कर्जा नोक्सानी व्यवस्थालाई घटाएर १.१० प्रतिशत कायम गर्ने ।
असर: बैंक तथा बित्तीय संस्थाको संचालन मुनाफामा रु ५ अर्ब बृद्दि हुने।

५.कर्जा खरिदबिक्रीको लागि गरिने जोखिम भारसम्बन्धी व्यवस्थामा आवश्यक पुनरावलोकन गर्ने ।
असर: बैंक तथा बित्तीय संस्थाको पुजीकोषमा सामान्य थपघट हुने।

६.विद्यमान Regulatory Retail Portfolio को सीमालाई रु. २ करोडबाट बढाएर अधिकतम रु २ करोड ५० लाख कायम गर्ने ।
असर: बैंक तथा बित्तीय संस्थाको पुजीकोषमा राहत हुने।

७.बैक तथा वित्तीय संस्थाले Time 2 Capital गर्दा कुल पुँजीकोष प्राथमिक पुँजीकोषको दोब्बरभन्दा बढी नहुने गरी Regulatory मा रहेका उपयुक्त रिजर्भ रकमहरुलाई Tier 2 Capital रुपमा गणना गर्न सकिने व्यवस्था गर्ने।

असर:बित्तीय संस्थाको पुजीकोष increase हुने।

८.निष्क्रिय वर्गमा वर्गीकरण भएको कर्जा नियमित भइसकेको अवस्थामा ६ महिनापछि मात्र असल वर्गमा वर्गीकरण गर्न सकिने व्यवस्थालाई परिमार्जन गरी ६ महिनासम्म सूक्ष्म निगरानी वर्गमा ज्ञट नेपाल राष्ट्र बैंक वर्गीकरण गरी उक्त अवधिपछि मात्र असल वर्गमा वर्गीकरण गर्न सकिने व्यवस्था मिलाईने छ
असर: बैंक तथा बित्तीय संस्थाको कर्जा नोक्सानी ब्यबस्था र निष्क्रिय कर्जा रकम घट्न गई मुनाफामा बृद्दि हुने।

९.चालुपुँजी कर्जा मार्गदर्शनमा उल्लेखित variance Analysis गरी कर्जा समायोजन गर्न‘पर्ने व्यवस्थालाई २०८२ साउन १ गतेबाट लागु हुने गरी समयावधि थप गरिने।
असर: चालुपुँजी कर्जा मार्गदर्शनमा उल्लेखित व्यवस्था अनुसार कर्जा समायोजन को लागी १ बर्ष समयाबधी थप यसले व्यवसायीलाई तत्काल लाई भइरहेको कर्जा उपयोग गर्न सहजता हुने।

१०.लघु, घरेलु, साना एवम् मझौला उद्यमको लागि तोकिएको रु. १ करोडको सीमालाई पुनरावलोकन गरिने।
असर: लघु, घरेलु, साना एवम् मझौला उद्यमको लागि तोकिएको रु. १ करोडको सीमालाई पुनरावलोकन गर्दा सिमा बढाउने अपेक्षित र यसले बैकिङले यस्ता कर्जामा पुर्याउनुपर्ने १५% पुर्याउन सहज हुने र नियामकिय जरिवाना तिर्न बाट बच्ने अपेक्षा।

११. परिस्थितिवश ऋण तिर्न नसकेका लघुवित्तका ग्राहकलाई निश्चित प्रतिशत ब्याज भुक्तानी गरी कर्जा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरिने ।
असर : लघुवित्तहरुको निष्क्रिय कर्जा ब्यबस्थापन सहज हुने, यसले गर्दा लघुवित्तहरुको निष्क्रिय कर्जा घट्न जाने र मुनाफा बढ्ने।

१२.नेपाल सरकारको २०८१÷८२ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमाबिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरिने छ ।
असर: वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई सस्तो दरमा कर्जा प्राप्त हुने र formal channel बाट पैसा आई रेमिटेन्स बढ्न जाने।

१३.बैंक तथा वित्तीय संस्थाहरुको २०८१ असार मसान्तसम्मको अवधिमा पाकेको ब्याज २०८१ साउन मसान्तसम्ममा प्राप्त भएमा विद्यमान लेखामानको अधीनमा रही त्यस्तो रकमलाई आर्थिक वर्ष २०८०÷८१ मा आम्दानी बाँध्न पाउने व्यवस्था गरिनेछ ।
असर: बैंक तथा बित्तीय संस्थाको वितरण योग्य नाफामा बृद्दि हुने।

१४.संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम रु.२० करोडको सीमा खारेज गरिने ।
असर: यसले गर्दा संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान सीमा खारेज भई कर्जा प्राप्त गर्न सक्ने। यो परिमार्जनले शेयर लगानीकर्ताको मनोवैज्ञानिक त्रासमा कमी हुने, बजारमा शेयरको मागमा बृद्दि हुने र बढ्दो बजारलाई थप मनोबल प्राप्त हुने।

१५.ड्राफ्ट/टी.टी. को माध्यमबाट वस्तु आयात गर्दा उपलब्ध हुने सटही सुविधाको विद्यमान सीमा अमेरिकी डलर ३५ हजारबाट वृद्धि गरी अमेरिकी डलर ५० हजार कायम गरिनेछ ।
असर: अमेरिकी डलर ५० हजार सम्मको आयात सहज हुने।

१६. DAP र DAA को माध्यमबाट आयात गर्न सकिने विद्यमान सीमा अमेरिकी डलर ६० हजारबाट वृद्धि गरी अमेरिकी डलर एक लाख कायम गरिनेछ ।
असर: अमेरिकी डलर १ लाख सम्मको आयात सहज हुने।

१७.बैंक तथा वित्तीय संस्थाको निष्क्रिय सम्पत्ति तथा गैर–बैंकिङ सम्पत्ति व्यवस्थापन गर्न सम्पत्ति व्यवस्थापन कम्पनीको स्थापना गर्ने प्रयोजनका लागि सम्पत्ति व्यवस्थापन ऐनको मस्यौदा तर्ज‘मा गरी नेपाल सरकारसमक्ष पेश गरिनेछ ।
असर: AMC को स्थापना भएमा,बैंक तथा वित्तीय संस्थाको निष्क्रिय सम्पत्ति तथा गैर–बैंकिङ सम्पत्ति व्यवस्थापन गर्न सहज हुने जसले गर्दा बैकिङ्ग को निष्क्रिय कर्जा कम हुने र मुनाफामा सकारात्मक असर पर्ने।

१८.प्राइभेट इक्विटि तथा भेन्चर क्यापिटलले लगानी गरेको संस्था कुनै कारणवश कर्जा चुक्ता गर्न नसकी कालोसूचीमा पर्ने अवस्था आएमा लगानी गर्ने प्राइभेट इक्विटि तथा भेन्चर क्यापिटललाई कालोसूचीमा नपर्ने व्यवस्था मिलाइनेछ ।
असर: प्राइभेट इक्विटि तथा भेन्चर क्यापिटलले लगानी गरेको संस्था कुनै कारणवश कर्जा चुक्ता गर्न नसकी कालोसूचीमा पर्ने अवस्था आएमा प्राइभेट इक्विटि तथा भेन्चर क्यापिटललाई लगानी गर्न सहज हुने र लगानी बढ्ने।

25/07/2024

सवारी साधनमा भन्सार:
जहाज: २४%,
कार: २५६%
बस: सीट अनुसार ५५%, ९९% र १२८%
ट्रयाक्टर: १९%, साइकल: १९%

23/07/2024
20/07/2023
Happy new year 2080
14/04/2023

Happy new year 2080

Address

Ayurbedi Chowk Haramtari
Gorkha
064

Opening Hours

Monday 09:30 - 18:30
Tuesday 09:30 - 18:30
Wednesday 09:30 - 18:30
Thursday 09:30 - 18:30
Friday 09:30 - 18:30
Sunday 09:30 - 18:30

Telephone

+9779861888528

Website

Alerts

Be the first to know and let us send you an email when Infinite Tax and Financial Solution Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Infinite Tax and Financial Solution Pvt Ltd:

Share