17/07/2026
नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भयो, आजै गर्नुपर्ने महत्वपूर्ण कामहरू
✅ नयाँ आर्थिक वर्षको बिल/चलानी 1 (Invoice) नम्बर सुरु गर्नुहोस्।
✅ लेखा प्रणाली (Accounting Software) मा नयाँ आर्थिक वर्ष (2083/84) Create/Open गर्नुहोस्।
✅ सुरुवाती मौज्दात (Opening Stock) र Opening Balance अद्यावधिक गर्नुहोस्।
✅ बैंक, नगद तथा देनदारी/लिनदारी खाताको Opening Balance मिलाउनुहोस्।
✅ TDS, VAT तथा अन्य कर सम्बन्धी नयाँ रेकर्ड व्यवस्थित रूपमा सुरु गर्नुहोस्।
✅ नयाँ आर्थिक वर्षका लागि बजेट, बिक्री लक्ष्य (Sales Target) र खर्च योजना तयार गर्नुहोस्।
✅ आवश्यक परे Letterhead, Quotation, Invoice Format मा आर्थिक वर्ष अद्यावधिक गर्नुहोस्।
✅ कर तथा कानुनी अनुपालन (Compliance) का महत्वपूर्ण मितिहरू (Tax Calendar) तयार गरी कार्यालयमा राख्नुहोस्।
✅ कर्मचारीको तलब, कर कट्टी (TDS) तथा सामाजिक सुरक्षा कोष (SSF) सम्बन्धी विवरण अद्यावधिक गर्नुहोस्।
✅ आर्थिक वर्ष २०८२/८३ का बाँकी कर, विवरण तथा लेखापरीक्षण (Audit) सम्बन्धी कार्यतालिका बनाउनुहोस्।