22/06/2026
यस सहकारी संस्थामा कर्जा कारोबार गरि ॠणको किस्ता नियमित नभएको तथा भाखा नाघेको ॠणी सदस्यहरुलाइ संस्थाबाट लिखित मौखिक तथा टेलिफोनबाट पटकपटक ताकेता गर्दा समेत कर्जाको किस्ता रकम नियमित नगरिएको तथा कर्जा चुक्ता गर्न आलटाल गरेको हुँदा बुझाउनु नआउनु भएकोले यहीँ २०८३ असार मसान्तसम्ममा अनिवार्य रुपमा आफुले तिर्नुपर्ने सबै सावाँ ब्याज सहितको कर्जाको बिलम्ब शुल्क चुक्ता गर्नु आउनुहुन यो सुचित गरिन्छ !असार मसान्तसम्म कर्जा र कर्जाको सेवा सावा ब्याज र बिलम्ब शुल्क बुझाइ फरफारक गर्ने ॠणी सदस्यलाई बिलम्ब शुल्कको केहि प्रतिशत सहुलियत दिने ब्यवस्था पनि गरिएको छ !
अन्यथा सहकारी एन नियम कानुन बमोजिम असुल उपर गरिनुका साथै सहकारी नियमन प्राधिकरणको नियमानुसार खराब कर्जा भएको ॠणीहरुलाइ सहकारी नियमानुसार कालोसूचीमा राखी सहकारीको कर्जा सूचनामा तिनपुस्ते नाम बिवरण समाबेश गरि सम्बन्धित नगर -गाउँ -वडा पालिका मार्फत खराब ॠणीहरुको बिवरण पेश गराइनेछ र ॠण असुलीकालागी सहजीकरण गरि कर्जा असुली गर्नका लागि सहकारी बिभाग तथा सम्बन्धित निकायमा खबर पठाइनेछ !
अत: सम्बन्धित सबै ॠणी सदस्यहरुमा कार्यालय समय समयमै सम्पर्क राखुहुन अनुरोध गरिन्छ !
कर्जा ब्यवस्थापक
ॠण असुली शाखा
बेत्रावती कृषि सहकारी संस्था लि.
उतरगया -५ रसुवा !