पि .पी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

  • Home
  • Nepal
  • Kathmandu
  • पि .पी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

पि .पी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड All financial services provide

भोटेकोशी नदीमा आएको आकस्मिक बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायत विभिन्न क्षेत्रमा भएको ठूलो ...
27/08/2026

भोटेकोशी नदीमा आएको आकस्मिक बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायत विभिन्न क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति पी.पी। बहुउद्देश्यीय सहकारी संस्था लि। गहिरो दुःख व्यक्त गर्दछ।

यस दुःखद् घटनामा परी ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ। साथै, घाइते तथा प्रभावित नागरिकहरूको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित जीवनको कामना गर्दछौँ।

विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्नु हामी सबैको साझा मानवीय दायित्व हो। पि.पि.बहुउद्देश्यीय सहकारी संस्था लि.केवल आर्थिक कारोबार गर्ने संस्था मात्र नभई समुदायको सुख–दुःखमा साथ दिने सामाजिक एवं जिम्मेवार संस्था पनि भएकाले यस विपत्तिको घडीमा प्रभावित नागरिकहरूको साथमा रहि सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै नेपाल सरकार तथा सम्बन्धित निकायहरूबाट भइरहेका राहत, उद्धार तथा पुनःस्थापनाका प्रयासमा संस्थाको तर्फबाट समेत सक्दो सहयोग र्पुयाउने उद्देश्यले सम्पूर्ण आदरणीय शेयर सदस्यज्यूहरू, कर्मचारी तथा शुभेच्छुकहरूमा स्वेच्छिक सहयोगका लागि हार्दिक अपिल गर्दछौँ।

तपाईंको सानो सहयोग पनि विपत्तिमा परेका परिवारका लागि ठूलो आशा र सहारा बन्न सक्छ।
“हाम्रो सानो सहयोग, विपत्तिमा परेकाहरूका लागि ठूलो आशा बन्न सक्छ।”
आउनुहोस, दुःखमा साथ दिऔँ, विपत्तिमा हातेमालो गरौँ र मानवताको सेवामा एकजुट बनौँ।

पी.पी. बहुउद्देश्यीय सहकारी संस्था लि।
टोखा–०९, गोंगबु चोक, काठमाडौं
..............................
व्यवस्थापन
प्रकाश भण्डारी

पि. पि बहुउद्देश्यीय सहकारी संस्था लि नेपाल सरकार, आन्तरिक राजस्व विभागकोकरदाता प्रोत्साहन उपहार कार्यक्रम सहभागी बनौ आई...
20/08/2026

पि. पि बहुउद्देश्यीय सहकारी संस्था लि

नेपाल सरकार, आन्तरिक राजस्व विभागको
करदाता प्रोत्साहन उपहार कार्यक्रम सहभागी बनौ
आई स्मार्ट मोबाइल बैंकिङ्ग एप बाट भुक्तानी गरी नेपाल सरकारद्वारा सञ्चालित “करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३” मा सहभागी भई डिजिटल अर्थतन्त्रको निर्माणमा योगदान पुर्‍याउनुहोस् र आकर्षक नगद पुरस्कार जित्ने मौका पाउनुहोस्।

Dear Valued Customer,We would like to inform you that eSewa Wallet Load service is currently experiencing a technical is...
06/08/2026

Dear Valued Customer,

We would like to inform you that eSewa Wallet Load service is currently experiencing a technical issue from the eSewa side. As a result, the service has been temporarily disabled until the issue is resolved by the eSewa team.

We will notify you as soon as the service is restored.

We sincerely apologize for the inconvenience caused and appreciate your patience and understanding.

Thank you.

📱 अब सहकारी सेवा तपाईंको मोबाइलमै!P.P. बहुउद्देश्यीय सहकारी संस्था लि.Digital Service / Mobile Banking सुरुअब बचत, ऋण र ...
31/07/2026

📱 अब सहकारी सेवा तपाईंको मोबाइलमै!
P.P. बहुउद्देश्यीय सहकारी संस्था लि.

Digital Service / Mobile Banking सुरु

अब बचत, ऋण र अन्य सहकारी सेवाका लागि कार्यालय धाउनुपर्ने झन्झट छैन। घरमै बसेर आफ्नो मोबाइलबाट सुरक्षित र सहज रूपमा सेवा लिन सक्नुहुन्छ।

उपलब्ध सुविधाहरू
✅ बचत तथा ऋण विवरण हेर्न सकिने
✅ दैनिक कारोबारको जानकारी प्राप्त गर्न सकिने
✅ ऋणको किस्ता अनलाइन तिर्न सकिने
✅ Account Statement डाउनलोड गर्न सकिने
✅ QR Payment तथा Digital Collection सुविधा
✅ सुरक्षित, छिटो र भरपर्दो डिजिटल सेवा

“प्रविधिसँगै अघि बढ्दै, सदस्यको सुविधामा हाम्रो प्रतिबद्धता”

खीर खाने दिनको शुभकामना। .P Multipurpose   15 #
31/07/2026

खीर खाने दिनको शुभकामना।
.P Multipurpose 15 #

सूचना!!!               सूचना!!!!                    सूचना!!!!                                                           ...
29/07/2026

सूचना!!! सूचना!!!! सूचना!!!!

मिति : २०८३/०४/१३

विषय : कर्जा सम्झौता अनुसार बाँकी किस्ता तथा ब्याज भुक्तानी सम्बन्धमा !!!

आदरणीय पि.पी. बहुउद्देश्यीय सहकारी संस्था लि. का सम्पूर्ण शेयर सदस्यज्यूहरूमा, सादर नमस्कार।

यस संस्थाबाट विभिन्न समयमा कर्जा उपभोग गर्नु भएका सम्पूर्ण सदस्यज्यूहरूले संस्थासँग भएको कर्जा सम्झौता अनुसार निर्धारित समयभित्र किस्ता तथा ब्याज नियमित रूपमा भुक्तानी गर्नु सदस्यीय दायित्व रहेको व्यहोरा यहाँहरूलाई स्मरण गराइन्छ। हाल संस्थाको अभिलेख अनुसार केही सदस्यज्यूहरूको कर्जा किस्ता तथा ब्याज भुक्तानी बाँकी रहेको देखिएको छ।

नियमित भुक्तानी हुन नसक्दा संस्थाको वित्तीय अनुशासन, तरलता व्यवस्थापन तथा सदस्यहरूको क्रेडिट इतिहासमा प्रतिकूल प्रभाव पर्न सक्ने भएकाले यस विषयलाई गम्भीरतापूर्वक लिन अनुरोध गर्दछौं। अतः यस सूचनामार्फत सम्पूर्ण सम्बन्धित सदस्यज्यूहरूलाई २०८३/०४/३२ गतेभित्र आफ्नो बाँकी रहेको किस्ता, ब्याज तथा अन्य देय रकम संस्थामा उपस्थित भई वा संस्थाले तोकेको माध्यमबाट अनिवार्य रूपमा भुक्तानी गर्न हार्दिक अनुरोध गरिन्छ।

यदि कुनै सदस्यज्यूलाई वास्तविक आर्थिक, व्यवसायिक वा पारिवारिक समस्याका कारण नियमित भुक्तानी गर्न कठिनाइ भएको भए, कृपया संस्थाको कर्जा असुली शाखा / व्यवस्थापन विभागमा यथाशीघ्र सम्पर्क गरी पुनर्तालिकीकरण, समय थप, वा आवश्यक वित्तीय परामर्श सम्बन्धी सुविधा लिनुहुन अनुरोध छ।

संस्थाले सदस्यहरूको हितलाई उच्च प्राथमिकता दिँदै सहकार्यात्मक समाधान खोज्न सदैव प्रयासरत रहेको जानकारी गराइन्छ। तथापि, तोकिएको अवधिभित्र पनि भुक्तानी नभएमा संस्थाको कर्जा नीति, कर्जा सम्झौताको शर्त तथा प्रचलित नेपाल सहकारी ऐन २०७४ र सम्बन्धित कानुनी व्यवस्था अनुसार आवश्यक असुली प्रक्रिया अगाडि बढाउन बाध्य हुन सकिने व्यहोरा सम्मानपूर्वक जानकारी गराइन्छ।

समयमै भुक्तानी गरी संस्थाको वित्तीय अनुशासन कायम राख्न सहयोग गर्नुहुने सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

धन्यवाद।

सूचना !!!         सूचना !!!               सूचना !!!विषयः बाँकी किस्ता तथा ब्याज समयमै भुक्तानी गर्ने सम्बन्धमा।श्रीमान्/...
14/07/2026

सूचना !!! सूचना !!! सूचना !!!
विषयः बाँकी किस्ता तथा ब्याज समयमै भुक्तानी गर्ने सम्बन्धमा।
श्रीमान्/श्रीमती सदस्यज्यू,
सादर नमस्कार।
आर्थिक वर्ष २०८२/८३ को वार्षिक हिसाब-किताब तथा खाता बन्दी (Closing) कार्य सम्पन्न गर्ने समय नजिकिँदै आएकाले हाम्रो संस्थाबाट विभिन्न शीर्षकमा कर्जा उपभोग गरिरहनुभएका सम्पूर्ण सदस्यज्यूहरूलाई आफ्नो बाँकी किस्ता, ब्याज तथा अन्य देय रकम निर्धारित समयभित्र अनिवार्य रूपमा भुक्तानी गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
समयमै कर्जा भुक्तानी गर्नुभएमा संस्थाको वित्तीय व्यवस्थापन, वार्षिक लेखापरीक्षण तथा सेवा प्रवाहलाई व्यवस्थित बनाउन महत्वपूर्ण सहयोग पुग्नेछ। साथै, निर्धारित समयभित्र भुक्तानी नगरेमा प्रचलित नियम तथा कर्जा सम्झौताबमोजिम हर्जाना, थप ब्याज वा अन्य कानुनी प्रक्रिया समेत लागू हुन सक्ने व्यहोरा जानकारी गराइन्छ।
तसर्थ, कुनै असुविधा हुन नदिन कृपया आफ्नो कर्जा खाताको बाँकी विवरण बुझी यथाशीघ्र सम्पूर्ण किस्ता तथा ब्याज भुक्तानी गरी संस्थालाई सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं।
तपाईंको सहयोगप्रति हार्दिक धन्यवाद।
भवदीय,..............................................
पि.पी. बहुउद्देश्यीय सहकारी संस्था लि.

14/07/2026
आदरणीय सम्पूर्ण शेयर सदस्यज्यूहरू,सहकारी सेवालाई अझ सरल, छिटो, सुरक्षित तथा प्रविधिमैत्री बनाउने उद्देश्यका साथ हाम्रो स...
09/07/2026

आदरणीय सम्पूर्ण शेयर सदस्यज्यूहरू,

सहकारी सेवालाई अझ सरल, छिटो, सुरक्षित तथा प्रविधिमैत्री बनाउने उद्देश्यका साथ हाम्रो सहकारीले करिब ३–४ महिनाअघि देखि मोबाइल बैंकिङ सेवा तथा QR Payment सेवा सञ्चालनमा ल्याइसकेको जानकारी गराउन चाहन्छौं।

अब सदस्यज्यूहरूले बचत, रकम भुक्तानी, खाताको विवरण हेर्ने लगायत विभिन्न सहकारी सेवाहरू डिजिटल माध्यमबाट सहज रूपमा प्राप्त गर्न सक्नुहुनेछ।

यदि हालसम्म मोबाइल बैंकिङ सेवा जडान गर्नुभएको छैन भने, कृपया सहकारी कार्यालयमा सम्पर्क गरी सेवा सक्रिय गराउनुहुन अनुरोध गर्दछौं।

प्रविधिसँगै अघि बढौँ, सहज र सुरक्षित सहकारी सेवाको लाभ उठाऔँ।

धन्यवाद।

Address

Tokha Municipality-9, Gongabu Chowk
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 15:30
Tuesday 10:00 - 16:30
Wednesday 10:00 - 16:30
Thursday 10:00 - 16:30
Friday 10:00 - 03:00
Sunday 10:00 - 16:30

Telephone

+9779851035971

Website

Alerts

Be the first to know and let us send you an email when पि .पी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to पि .पी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड:

Shortcuts

Share