Sujan Bhattarai & Associates, Chartered Accountants

  • Home
  • Nepal
  • Jhapa
  • Sujan Bhattarai & Associates, Chartered Accountants

Sujan Bhattarai & Associates, Chartered Accountants Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sujan Bhattarai & Associates, Chartered Accountants, Krishnamandir Chowk, Damak-04, Jhapa.

23/10/2022

बिमा दाबीको आयकरमा असर

मौज्दात (inventory):-
ब्यबसायको क्रममा कुनै सम्पत्ति नोक्सान भएको अवस्थामा क्षतिपुर्ती वापतको बिमा रकम प्राप्त गर्नु पुर्वनै आफ्नो हिसाबबाट दफा १५ बमोजिम अप्लेखन गर्नु पर्ने तथा बिमा बापतको रकम प्राप्त भैसकेपछि कर्दताले आयमा समावेश गर्नु पर्ने हुन्छ। अर्थात् नोक्सानी भएकै अवस्थामा खर्छ लेख्नु पर्दछ ।

ह्रासयोग्य सम्पत्ति (Depreciable Assets) :-
जुन आर्थिक वर्षमा बिमाबाट रकम प्राप्त हुन्छ सोही आर्थिक बर्ष को ह्रास गडनामा निसर्ग बाट प्राप्त रकम भनेर सम्भन्दित ह्रासयोग्य सम्पतिको समूह बाट घटाउने।

व्यावसायिक सम्पती(Business Asset): बिमा दाबी प्राप्त हुने अधिकार सृजना भएपछी निसर्गबाट प्राप्त भएको रकम मानिने ।

21/10/2022



स्व:आपूर्ति गरिएको बस्तु र सेवाको सामान्यतया लागत मूल्यमा मूल्य अभिवृद्धि कर बिजक जारी गरि मूल्य अभिवृद्धि कर असुल गर्नुपर्दछ । व्यावसायिक कारोवारमा पर्योग गर्ने स्व: आपूर्ति गरिएका बस्तु वा सेवामा कर बिजक जारी गरि कारोबार जनाएकोमा सोही रकम पुनः ऐनको दफा १७ बमोजिम कर कट्टि दाबी गर्न सकिन्छ ।

20/10/2022

सहकारी ऐन, २०७४ ले दिएको सुबिधा

दफा ७८(२):-
सहकारी संस्थाले दफा ६८(२) को खण्ड(क) बमोजिम जगेडा कोषमा छुट्टयाएको रकम, दफा ६९(२) बमोजिम संरक्षित पुजी फिर्ता कोष र दफा ७०(२) बमोजिम सहकारी प्रबर्द्धन कोषमा जम्मा गरेको रकममा आयकर लाग्ने छैन ।

तर संरक्षित पुजी फिर्ता कोषबाट सदस्यले प्राप्त गरेको रकममा सदस्यको कर दायित्वका सम्बन्धमा प्रचलित कनुन्बमोजिम हुनेछ।

Clarification regarding listing
30/08/2022

Clarification regarding listing

Application of NSA-701
26/08/2022

Application of NSA-701

17/08/2022

भुक्तानी सन्तुलन र शोधनान्तर स्थिति भनेको के हाे ?
=============================
भुक्तानी सन्तुलन भनेको कुनै पनि एक देशले विश्वका अन्य देशकसँग गरेको मौद्रिक कारोबारको स्थितिलाई बुझाउँछ । मानाैं, नेपालका व्यक्तिगत नागरिक, उद्योगी व्यवसायी वा सरकारले ऋण तथा अनुदानका माध्यमबाट विश्वका अन्य मुलुकसँग १ अर्ब रुपैयाँबराबरको मौद्रिक कारोबार गर्‍यो । तर, विश्वका अन्य मुलुकका नागरिक, उद्योगी व्यवसायी वा सरकारले नेपालसँग कुल १ अर्ब ५० करोड रुपैयाँबराबरको कारोबार गर्‍यो । यस्तो कारोबारबीचको अन्तरलाई भुक्तानी सन्तुलन भनिन् । यहाँ नेपालका लागि ५० करोड रुपैयाँको भुक्तानी सन्तुलनमा नकारात्मक देखिन्छ ।
भुक्तानी सन्तुलन र शोधनान्तर स्थिति एकै
=======================
भुक्तानी सन्तुलनलाई अर्को भाषामा शोधनान्तर स्थिति पनि भनिन्छ । नेपालको हालको शोधनान्तर स्थित (भुक्तानी सन्तुलन) करिब ६४ अर्ब रुपैयाँले नाकारात्मक छ । अर्थात् नेपालले अन्य देशभन्दा ६४ अर्ब रुपैयाँ घटीले मौद्रिक कारोबार गरेको छ । अर्थात्, नेपालको निर्यात कमजोर छ ।

नेपालजस्तो गरिब मुलुकमा भुक्तानी सन्तुलन प्रायः नकारात्मक नै हुन्छ । अमेरिका तथा चीनजस्ता बृहत् निर्यात गर्ने मुलुकको भने सामान्यतया भुक्तानी सन्तुलन सकारात्मक नै हुन्छ । भुक्तानी सन्तुलनले मुलुकको मौद्रिक स्थितिको बचत तथा घाटाबारे संकेत गर्छ । जब मुलुकको निर्यात आयातभन्दा बढी हुन्छ, त्यस्तो अवस्थामा भुक्तानी सन्तुलन बचत (सकारात्मक) हुन्छ ।

किन भुक्तानी सन्तुलनको गणना आवश्यक ?
====================

भुक्तानी सन्तुलनले देशको वित्तीय तथा आर्थिक अवस्थाको चित्रण गर्छ ।
भुक्तानी सन्तुलनले आफ्नो देशको मुद्राको स्थिति (मुद्राको मूल्य दरिलो बन्दै छ वा ह्रास हुँदै छ भन्नेबारे)को चित्रण गर्छ ।
भुक्तानी सन्तुलनले सरकारलाई वित्तीय तथा व्यापारिक नीति निर्धारण गर्न सहयोग गर्छ ।
यसको गणनामा के–के पर्छन्
================
भुक्तानी सन्तुलनको गणनामा मुख्य त तीन तत्व समावेश हुन्छन् । पहिलो, चालू खाता, पुँजीगत खाता र वित्तीय खाता ।

चालू खाता : यसमा मुख्यतया आफ्नो देश र अन्य देशबीच भएको वस्तु तथा सेवाको आयात तथा निर्यातका तथ्यांक समावेश हुन्छन् ।

पुँजीगत खाता : यसमा दुई वा अन्य देशबीच सम्पत्ति खरिद–बिक्री सम्बन्ध (जस्तो, जग्गा तथा भौतिक सम्पत्ति पनि पर्छन्)मा भएको कारोबारको तथ्यांक राखिन्छ । पुँजीगत खातामा ऋण तथा सापटी, लगानी र विदेशी विनिमय कोषसमेत समावेश हुन्छन् ।

वित्तीय खाता : यसमा विदेशी लगानी, रियलस्टेटमा भएको लगानी र ठूला–ठूला परियोजनामा गरिएको लगानीको तथ्यांक राखिन्छ । यसले विशेष गरेर घरेलु सम्पत्तिमा विदेशीको स्वामित्व र विदेशी सम्पत्तिमा घरेलुको स्वामित्वको मापन गर्छ ।

भुक्तानी सन्तुलन र व्यापार घाटा एकै होइन
========================
व्यापार घाटा मुख्य गरी व्यापारसँग मात्र सम्बन्धित हुन्छ । यसले आफ्नो देश र विश्वका अन्य देशसँग गरेको आयात–निर्यातको तथ्यांक मात्र विश्लेषण गर्छ । व्यापार घाटा चालू खातासँग सम्बन्धित हुन्छ । भुक्तानी सन्तुलनजस्तो अन्य पुँजीगत खाता र वित्तीय खातसँग सम्बन्धित हुँदैन ।

जरिवाना रहित अन्त:शुल्क इजाजत पत्र(अन्तशुल्क लाईसेन्स) नविकरण गर्ने आज अन्तिम दिन।..... #साउन_मसान्त!!
16/08/2022

जरिवाना रहित अन्त:शुल्क इजाजत पत्र(अन्तशुल्क लाईसेन्स) नविकरण गर्ने आज अन्तिम दिन।..... #साउन_मसान्त!!

के कर कुन राजस्व शिर्षक/राजस्व संकेतमा दाखिला गर्ने??
15/08/2022

के कर कुन राजस्व शिर्षक/राजस्व संकेतमा दाखिला गर्ने??

11/08/2022
डे ०१ र डे ०२ को आय विवरण पेश गर्ने करदाताहरुको आर्थिक बर्ष २०७७/२०७८ सम्मको कारोबार रकम फरक परेमा फरक परेको रकमको १.५ प...
08/08/2022

डे ०१ र डे ०२ को आय विवरण पेश गर्ने करदाताहरुको आर्थिक बर्ष २०७७/२०७८ सम्मको कारोबार रकम फरक परेमा फरक परेको रकमको १.५ प्रतिशत कर बुझाई मौकाको फाइदा लिनुहोला ।

01/08/2022

नेपालमा नोट
➖➖➖➖➖➖➖➖➖
★नोट नेपालमा सन् १९४५ मा पहिलोपटक वस्तु विनिमयका लागि कागजको नोट जारी भयो, जसमा हस्ताक्षर गर्ने खजाञ्ची थिए जनकराज पण्डित । त्यो बेला नेपालले एकै पटक मोरु पाँच, मोरु १० र मोरु १०० का ६ लाख ४० हजार प्रति नोट छापेको थियो ।

★इन्डियन सेक्युरिटी प्रेसमा छापिएका ७३×१२६ मिलिमिटर(मिमि)को मोरु ५ का नोटका अग्रभागमा राजा त्रिभुवनको तस्वीर थियो भने पछिल्लो भागमा जंगलमा डुलिरहेको बाघको । मोरु १० को ८२×१४६ मिमि साइजको नोटमा त्रिभुवन र गुह्येश्वरी मन्दिरको फोटो राखिएको थियो ।

★मोरु एक सय रूपैयाँको नोटमा भने राजा त्रिभुवन र पशुपतिनाथको मन्दिर राखिएको थियो भने यसको आकार १०८÷१७१ मिलिमिटरको थियो ।

★त्यसको तीन वर्षपछि मुलुकी खानाका खचाञ्ची फेरिएर जनकराजको ठाउँमा भरतराज पण्डित आए । उनको पालामा पनि मोरु ५, १० र १०० का नोटहरू जारी भए । नोटमा खैरो र नीलो रंग प्रयोग भयो, अरू सबै पुरानै कायम रह्यो ।

★भरतराजपछि मुलुकी खानाको खजाञ्ची बनेका नरेन्द्रराज पण्डितले ‘नेपाल सर्कार’ परिवर्तन गरेर ‘नेपाल सरकार’ बनाए । उनकै पालामा प्रकाशित भएको मोरु एकको नोटमा राजाको फोटो राखिएन । सबै दरका नोटमा ‘… पाउने छ’ को साटो ‘…पाइने छ’ लेनोटहरू

★खजाञ्ची नरेन्द्रराज पण्डितकै पालामा मोरु एक सयको नोटमा गैँडाको फोटो राखियो ।

राष्ट्र बैंक स्थापनापछिका नोटहरू
➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖
★१४ वैशाख २०१३ मा स्थापित नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर हिमालय शमशेर राणा बने । उनको हस्ताक्षर भएको पहिलो नोट १९ फेब्रुअरी १९६० देखि बजारमा आएको थियो ।

★त्यो बेला पनि मोरु १, ५, १० र १०० कै नोट छापिए तर सबै दरका नोटका आकार–प्रकार र बान्की परिवर्तन गरेर । गभर्नर राणाको हस्ताक्षर भएको ६४×१०२ मिलिमिटरको मोरु १ को नोटमा राजाको साटो कलशको तस्वीर थियो ।

★मोरु ५, १० र १०० मा भने फेरि राजा महेन्द्र शाहको फोटो राखिएको थियो । ती नोटका बीचमा स्वयम्भु र पछाडिपट्टि सगरमाथाको फोटो राखिएको थियो । मोरु १० बढी कलात्मक थियो । त्यसमा दन्त्य ‘स’को साटो तालव्य ‘श’ प्रयोग गरियो ।

★मोरु १०० लाई भने हरियो र माटो रंगको बनाइयो । एकापट्टि गैँडा र अर्कोेपट्टि पशुपति मन्दिर र राजाको फोटो राखियो । नेपाल सरकारको साटो नेपाल राष्ट्र बैंकको नाममा नोट जारी हुन थालेको पनि गभर्नर राणाकै पालादेखि हो । राष्ट्र बैंकको जमानत (धरौटी) भने नेपाल सरकार बस्न थाल्यो ।

★राणापछि लक्ष्मीनाथ गौतम गभर्नर बने । त्यतिबेलासम्म श्री ५ को सरकार भन्ने चलन सुरु भइसकेको थियो । मोरुलाई रुपैयाँ नै भन्न थालियो । ‘नेपाल सरकारको जमानत प्राप्त…’ भन्ने ठाउँमा ‘श्री ५ को सरकारको जमानत प्राप्त…’ भन्ने वाक्यांश उल्लेख गरियो ।

★गौतमपछि गभर्नर बनेका प्रद्युम्न लाल राजभण्डारीको पालामा एक सयको नोटमा मोरु हटाएर रुपैयाँ लेखियो । त्यसपछि गभर्नर बनेका भेषबहादुर थापाको पालामा रु.५ को एक करोड, रु.१० को ७० लाख र एक सय रुपैयाँको ५ लाख थान नोट जारी भए ।

★त्यसपछिका गभर्नर डा. यादवप्रसाद पन्तका पालामा रु.१, ५, १० र सयका तीन करोड थान नोट छापिएर बजारमा आए । पन्तकै पालामा सन् १९७३ मा जारी एक रुपैयाँको नोटमा भने पिङ खेलिरहेको तस्वीर राखियो । त्यसमा राजा, पाटनको तुसाहिटीको एउटा मूर्ति, धान फलेको खेत र हिमालयको तस्वीर पनि राखिएको थियो ।

★त्यस्तै, रु.१० को नोटमा सिंहदरबार र १०० को नोटमा राजा महेन्द्र, ल्होत्से हिमाल, भक्तपुरको न्यातपोल मन्दिर र पचपन्न झ्याले दरबारको फोटो राखिएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार त्यसबेला रु.१० र १०० का ३० लाख प्रति नोट छापिएका थिए ।

★पहिलो पटक ५०० रुपैयाँको नोट प्रकाशित भएको पनि गभर्नर पन्तकै पालामा हो । सन् १९६८ मा जारी भएको ५०० को नोटको अघिल्लोपट्टि अमादब्लम र त्याङ्बोचे गुम्बा र पछिल्लोपट्टि जोडी बाघको तस्वीर थियो । त्यसबेला ७०×१६० मिलिको एक लाख थान ५०० रुपैयाँको नोट जारी भएको थियो ।

★त्यसको एक वर्षपछि १९६९ मा नेपालमा एक हजारको नोट पनि प्रचलनमा आयो । गभर्नर डा. पन्तकै हस्ताक्षर भएको सो नोटको अघिल्लो भागमा राजा महेन्द्र, स्वयम्भु र हारती मन्दिरको तस्वीर राखियो भने पछिल्लो भागमा ग्रामीण बस्ती र हिमालको दृश्य देखाइएको छ ।

★यसरी बजारको माग अनुसार नोट छपाइको सिलसिला चलिरहेको छ । यो क्रममा एक र दुई रुपैंयाको नोट छपाइ भने बन्द भइसकेको छ ।

केही दुर्लभ नोट : कसले ल्यायो, कसरी हरायो ?
➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖
★नेपाल राष्ट्र बैंकले रु. २५ र २५० को नोट पनि जारी गरेको धेरैको सम्झनामा होला । त्यस्तै डाँफेको चित्र अंकित अरूभन्दा फरक खालको ५० रुपैयाँको हरियो नोट पनि आएको थियो ।

★राष्ट्र बैंकका अधिकारीहरूका अनुसार १०० रुपैयाँसम्मका नोट औसतमा साढे २ वर्षमा थोत्रा हुन्छन् र ती नोटलाई प्रक्रिया पूरा गरेर जलाउने गरिन्छ । ५०० र एक हजार रुपैयाँको नोट भने साढे तीन वर्षमा पुराना भएको मानिन्छ ।
दुई दशकभन्दाअघि गभर्नर सत्येन्द्रप्यारा श्रेष्ठको पालामा जारी भएका २५ र २५० रुपैयाँको नोट अहिले दुर्लभ बनेका छन् । राजा वीरेन्द्र राजगद्दीमा बसेको २५ वर्ष पूरा भएको अवसरमा निकालिएका ती नोटमध्ये २५० का ५ लाख र २५ रुपैयाँका ४ करोड प्रति नोट छापिएका थिए ।

★रु.५० को हरियो नोट चाहिँ गभर्नर विद्यानाथ भट्टराईको पालामा २००६ अप्रिलमा ल्याइएको थियो । नेपाल राष्ट्र बैंक ५० वर्ष पुगेको उपलक्ष्यमा बडा साजसज्जाका साथ २ करोड प्रति रु.५० कै नोट छापिएको थियो । ७०×१४२ मि.मिको त्यो नोटमा राजा ज्ञानेन्द्र, अशोकस्तम्भ र डाँफेको तस्वीर राखिएको थियो ।

★नेपालमा प्रचलनमा आएको १० रुपैयाँ दरका पोलिमर नोट भने छपाईको क्रममा भएको कमिशन प्रकरणका कारण धेरै विवादित बन्यो । सन् १९९७–१९९९ बीचमा जारी यो नोट अहिले बजारमा यदाकदामात्रै पाइन्छ । यो नोटको छपाइमा अनियमितता भएको भनेर यसले धेरै चर्चा पाए पनि अहिले यसका आरोपीहरूले सफाइ पाइसकेका छन् ।

हरायो दुई रुपैयाँ पनि
➖➖➖➖➖➖➖➖➖➖➖
★एक रुपैयाँदेखि एक हजार रुपैयाँसम्मको नोटमध्ये दुई रुपैयाँको नोटमा धेरै गभर्नरहरूले चासो दिएनन् । गभर्नर कल्याणविक्रम अधिकारीको पालामा सन् १९९१ मा दुई रुपैयाँको नोट पहिलोपटक जारी भएको थियो ।

★पहिलो पटक ३ करोड थान छापिएको सो नोटमा राजा वीरेन्द्र र बज्रयोगिनी मन्दिरको तस्वीर अंकित थियो । अधिकारीपछि गणेशबहादुर थापाको समयमा ३ करोड, हरिशंकर त्रिपाठीको पालामा ६ करोड, सत्येन्द्रप्यारा श्रेष्ठको पालामा १३ करोड र दीपेन्द्र पुरुष ढकालको पालामा २ करोड थान दुई रुपैंयाका नोट छापिएका थिए । त्यसपछि पनि केही समय दुई रुपैयाँको नोट छापिँदै गए । पटक–पटक छापिँदा पनि यसको डिजाइनमा परिवर्तन गरिएन ।

पुराना नोटको व्यवस्थापन कसरी ?
➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖
★सधैंभरि नयाँ नयाँ नोट बजारमा आइरहन्छ । च्यातिएका र थोत्रा नोटहरू कताकतैबाहेक किन पाइँदैन त ?
नेपाल राष्ट्र बैंकले बजार विनिमयको चक्रबाट एकपटक राष्ट्र बैंकमा पुगेको यस्ता च्यातिएका, झुत्रा नोटहरू राष्ट्र बैंकमा नै व्यवस्थापन गर्ने गर्छ ।

★राष्ट्र बैंकका अधिकारीहरूका अनुसार १०० रुपैयाँसम्मका नोट औसतमा साढे २ वर्षमा थोत्रा हुन्छन् र ती नोटलाई प्रक्रिया पूरा गरेर जलाउने गरिन्छ । ५०० र एक हजार रुपैयाँको नोट भने साढे तीन वर्षमा पुराना भएको मानिन्छ ।

★नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन शाखा र सातवटै प्रदेशमा रहेका कार्यालयमा संकलन भएको नोटलाई पहिले संकलन गर्ने गरिन्छ । त्यसमध्ये बजारमा पठाउन मिल्नेलाई छुट्टै राखिन्छ र त्यसलाई बजारमा पठाउने गरिन्छ ।

★बजारमा पठाउन नमिल्ने नोटलाई नेपाली सेनाको उच्च सुरक्षा सतर्कता सहित राष्ट्र बैंकको आफ्नै भट्टीमा जलाउने गरिन्छ । कति दरका कति प्रति नोट जलाइयो ? भन्ने विवरण पनि राख्ने गरिन्छ ।

विशेष समारोहमा जारी सिक्का
➖➖➖➖➖➖➖➖➖➖➖➖
★एक रुपैयाँदेखि एक हजार रुपैयाँसम्मको नोटको बारेमा त धेरैलाई जानकारी नै छ । तर ६००, ३००, २००, एक हजार आदि सिक्का पनि राष्ट्र बैंकले जारी गरेको छ भन्ने धेरैलाई जानकारी नहुन सक्छ ।

★यस्ता सिक्काहरू खासै प्रचलनमा त आएनन् । तर पनि राष्ट्र बैंकको इतिहासमा यी सिक्काहरूको स्थान पनि विशेष छ ।
रत्न राज्यलक्ष्मीको जन्मजयन्तीको उपलक्ष्यमा २०४५ सालमा ६०० रुपैयाँको सिक्का जारी गरिएको थियो । त्यतिबेला जम्मा १५००० थान सिक्का छापिएकोले यो बजारमा पठाइएन ।

★राष्ट्र बैंकले कतिपय विशेष अवसरमा विशेष सिक्का निकाल्ने गर्छ । जस्तो– २०४१ सालमा महालेखा परीक्षकको रजत जयन्तीको अवसरमा २४ रुपैयाँको १५ हजारवटा सिक्का जारी भयो । त्यसमा २५ प्रतिशत चाँदी, ४० प्रतिशत तामा र ३५ प्रतिशत अरू धातुको मिश्रण थियो ।

★सोही साल नेपाल परिवार नियोजन संघको रजत जयन्तीको अवसरमा ५ रुपैयाँ र ५० पैसाको सिक्का र राष्ट्रिय जनसंख्या वर्ष २०४१ को सिक्का जारी गरियो । २०४२ सालमा पनि सामाजिक सेवा दिवस र अन्तर्राष्ट्रिय युवा वर्ष विशेष सिक्का जारी भएको थियो ।

★पञ्चायतको रजत जयन्तीको अवसरमा २०४२ सालमा ५० हजार वटा २५ रुपैयाँको सिक्का जारी गरिएको थियो । त्यस्तै, २०४३ सालमा १५औं विश्व बौद्ध सम्मेलनको अवसरमा पाँच रुपैयाँको एक लाख प्रति सिक्का जारी गरिएको थियो ।

★२०४७ अघि र पछि पनि विभिन्न अवसरमा सिक्का जारी गर्ने क्रम अहिलेसम्म पनि जारी छ । अघिल्लो वर्षमात्रै ललितपुर महानगरपालिकाको आग्रहमा राष्ट्र बंैकले क्युप्रोनिकेल धातुबाट बनेको १०० दरका तीन किसिमको सिक्कामा शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीर अंकित सिक्का जारी गरेको थियो ।

★तेस्रो सार्क शिखर सम्मेलन २०४३ सालमा नेपालमा भएको थियो । सो अवसरमा नेपाल राष्ट्र बैंकले रु ३०० रुपैयाँ र पाँच रुपैयाँको सिक्का जारी गरेको थियो ।

★यसबाहेक नेपाल बैंक लिमिटेडको स्वर्ण जयन्तीको अवसरमा २०४४ सालमा नै ५०० रुपैयाँको सिक्का सार्वजनिक भयो । २०४७ सालमा संविधान जारी भएको सम्झनामा समेत रु ३०० को सिक्का जारी भएको थियो । सो सिक्का २५००० थान मात्रै छपाइएको राष्ट्र बैंकले जनाएको छ ।

★यस्ता सिक्काहरू बजारमा विनिमयको लागि नभई पछिसम्मको स्मरणको लागि मात्रै छाप्ने गरिएको राष्ट्रबैंकका अधिकारीहरू बताउँछन् ।

आय विवरण तयारीका चरणहरू !
01/08/2022

आय विवरण तयारीका चरणहरू !

Address

Krishnamandir Chowk, Damak-04
Jhapa
57217

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Telephone

+9779824335747

Website

Alerts

Be the first to know and let us send you an email when Sujan Bhattarai & Associates, Chartered Accountants posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sujan Bhattarai & Associates, Chartered Accountants:

Share