17/07/2026
आर्थिक वर्षको अन्त्य केवल "Closing" मात्र होइन, नयाँ सुरुवातको अवसर पनि हो।
हामी प्रायः असार महिनाको अन्त्यलाई "Closing" भनेर मात्र बुझ्ने गर्छौं। तर वास्तवमा आर्थिक वर्षको समापन भनेको केवल हिसाब-किताब बन्द गर्ने प्रक्रिया मात्र होइन।
यो समय हो—
📊 बितेको वर्षको वित्तीय अवस्था मूल्याङ्कन गर्ने,
📑 लिनु–दिनु तथा कारोबारको समीक्षा गर्ने,
📦 मौज्दात, सम्पत्ति र दायित्वको वास्तविक अवस्था बुझ्ने,
📈 आगामी आर्थिक वर्षका लागि नयाँ लक्ष्य, नीति, योजना र रणनीति तय गर्ने,
🎯 व्यवसायलाई अझ व्यवस्थित, पारदर्शी र सफल बनाउने दिशामा अघि बढ्ने।
आर्थिक वर्षको समापनले हामीलाई विगतका अनुभवबाट सिक्ने, कमजोरी सुधार्ने र नयाँ अवसरलाई आत्मसात् गर्ने अवसर प्रदान गर्दछ। त्यसैले Closing भनेको अन्त्य होइन, सफल भविष्यको सुरुवात हो।
नयाँ आर्थिक वर्षसँगै सम्पूर्ण उद्योगी, व्यवसायी, व्यापारी, किसान, कर्मचारी तथा आमाबुवा, दिदीबहिनी र दाजुभाइहरूमा सुख, समृद्धि, सफल व्यवसाय, आर्थिक उन्नति र उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
नयाँ आर्थिक वर्ष २०८३/८४ सबैका लागि प्रगतिशील, समृद्ध र सफल रहोस्।
– Paudel Tax & VAT Consultancy Family
बागलुङ नगरपालिका–०२, बागलुङ
प्रो. नारायण पौडेल
📞 ९८६९२११५८७ | ९७०७७२४१८४
"विश्वसनीय कर, लेखा तथा व्यवसायिक परामर्शको भरोसायोग्य साथी।"